ह्याकरले लुटे कृषि विकास बैंकको डेढ करोड

ह्याकरको एक गिरोहले कृषि विकास बैंक लहान शाखाबाट एक करोड ४९ लाख रुपैयाँ ह्याक गरी लुटेको छ।

प्रहरीका अनुसार एउटा गिरोहले कृषि विकास बैंक लहान शाखाबाट काठमाडौंस्थित केन्द्रीय बैंकमा ट्रान्सफर गरी सो बराबरको रकम लुटेको हो।

Advertisement

सिरहा प्रहरी स्रोतका अनुसार असोज ५ गते सो रकम सिरहा शाखाबाट केन्द्रीय बैंक हुँदै गिरोहले लुटेको देखिएको छ। सो रकम कसरी सिरहा शाखा हुँदै केन्द्रीय बैंकबाट बाहिरियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

More News last news
Loading...