नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा ट्रक र कार ठोकिँदा ५ यात्रुको ज्यान गएको छ।
कावासोती नगरपालिका–८ स्थित पूर्व–पश्चिम राजमार्गमा गगएराति कार र ट्रक एक आपसमा ठोक्किँदा कारमा सवार पाँचै यात्रुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
सोमबार राति करिब १० बजेतिर बुटवलबाट पूर्वतर्फ आउँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र बुटवलतर्फ जाँदै गरेको बा २१ च ६४०९ नम्बरको कार एक आपसमा ठोक्किएका हुन्। प्रहरीका अनुसार ज्यान गुमाउनेमा सुरज रानामगर, दिलबहादुर रानामगर र दिपक विक रहेका छन्। अन्य दुई जनाको भने सनाखत हुन सकेको छैन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
