काठमाडौँ । आज बिहानै गोरखा केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको हो।
केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बिहान ६ बजेर १९ मिनेटमा भूकम्प गएको जानकारी दिए।
भूकम्पको धक्का गोरखा, धादिङ, तनहुँ र लमजुङमा महसुस गरिएको थियो। एक हप्ताको बीचमा यसअघि सुदूरपश्चिमा तीनवटा र लमजुङ केन्द्रबिन्दु भएर एक भूकम्प गइसकेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
