खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यास र हवाई इन्धन (बाह्यउडानतर्फ)को मूल्य घटाएको छ। निगमले प्रतिसिलिण्डर ग्यासको मूल्य २५ रुपैयाँले घटाएको हो।

निगमका प्रवक्ता विरेन्द्र गोइतले ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले घटाइएको जानकारी दिए। अब काठमाडौं उपत्यकामा उपभोक्ताले ग्यासमा प्रतिसिलिण्डर १३५० रुपैयाँ तिर्नुपर्नेछ।

Advertisement

त्यस्तै निगमले बाह्य हवाई उडानतर्फ इन्धनको मूल्य प्रतिकिलोलिटर ५० डलरले घटाएको छ। अब हवाई इन्धन ९वाह्य०तर्फ प्रतिकिलोलिटर १ हजार डलर पर्नेछ।

निगमले यसअघि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको थियो। पाइपलाइनमार्फत डिजेल आउन थालेपछि पेट्रोलियम पदार्थको मूल्य घटाइए पनि हवाई इन्धन र ग्यासको मूल्य यथावत राखिएको थियो।

More News last news
Loading...