काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) वरियतामा नेपालले पाँच स्थान सुधार गरेको छ। फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले पाँच स्थान सुधार गर्दै १६१औँ स्थानमा उक्लिएको हो। यसअघि नेपाल १६६औँ स्थानमा रहेको थियो।
दक्षिण एशियाको वरियतामा भने नेपाल तेस्रो स्थानमा रहेको छ। नेपालभन्दा माथि रहेको भारत १०४औँ स्थानमा छ भने माल्दिभ्स १५३औँ स्थानमा छ।
त्यसैगरी नेपालभन्दा तल रहेको भूटान १८५ औँ स्थानमा रहँदा बङ्गलादेश १८७औँ स्थानमा छ। श्रीलङ्का २०२औँ स्थानमा छ भने पाकिस्तान २०३औँ स्थानमा रहेको छ। विश्व वरियताको शीर्ष स्थानमा बेल्जियम रहेको छ भने फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छ।
त्यसैगरी इङ्ग्ल्याण्ड चौथो, पोर्चुगल पाँचौँ, उरुग्वे छैटौँ, स्पेन सातौँ, क्रोएसिया आठौँ, कोलम्बिया नवौँ र अर्जेन्टिना दशौँ स्थानमा रहेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
