काठमाडौं । कपनमा एक अधवैंशे महिलाको हत्या भएको छ।
कपनको तेन्जिङ चोकस्थित किराना पसलभित्रको एउटा कोठामा हातमुख बाँधेर हत्या गरेको अवस्थामा बुधबार बिहान महिलाको शव फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । बौद्धका प्रहरीका अनुसार कपिलवस्तुकी ४० वर्षीया कमला केसीको शव उनी सुत्ने कोठामै फेला परेको हो।
प्रहरीका अनुसार उनी चिया पसल चलाउँथिन्, त्यहीँ मदिरा व्यापार पनि गर्थिन्। पसलसँगै जोडिएको कोठाको खाटमा उनको शव फेला परेको हो । कोठामा श्रीमान् नभएको बेला उनलाई कसैले हत्या गरेको प्रहरीको भनाइ छ।
मृतक महिलाको शवलाई पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। कार्कीको हत्या कसले किन गर्यो भनी प्रहरीले खोजी गरिरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
