यौन दुर्व्यवहारको आरोपमा परेका पूर्वसभासद घिसिङ ५ हजार धरौटीमा रिहा

ललितपुर । यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका पूर्वसभासद योगेन्द्र घिसिङ धरौटीमा रिहा भएका छन् ।

पूर्वसभासद घिसिङलाई  ५ हजार धरौटीमा रिहा गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

Advertisement

सार्वजनिक यातायातमा एक कलेजमा पढ्ने युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा घिसिङलाई केही दिनअघि ललितपुर प्रहरीले पक्राउ गरेको थियो ।

घिसिङ २०७० मा तत्कालिन माओवादीबाट समानुपातिक सांसद थिए ।

More News last news
Loading...