गायक पशुपति शर्माले सम्झनालाई भित्राएपछि आमा भइन ‘फायर’ !

काठमाडौं । लोकगीत संगीतमा मौलिकता पस्कने गायक पशुपति शर्माले गायिका सम्झना भण्डारीसंग मिलेर नयाँ दशैं तिहार गीत  ‘कान्छी बुहारी‘ बजारमा ल्याएका छन् ।

आफ्नै युटुब च्यानल मार्फत गायक पशुपति शर्माले मंगलबार ‘कान्छी बुहारी’ बोलको नयाँ  दशैं तिहार गीत सार्बजनिक गरेका हुन् । गीतमा मागी बिहे गर्दा निकै महँगो पर्ने र ऋणले सधैभरी च्याँप्ने हुनाले भगाएर बिहे गरेको सन्देश प्रस्तुत गरिएको छ ।

Advertisement

चर्चित गायिका भण्डारी र शर्माको स्वर रहेको यस गीतमा शब्द संगीत गायक पशुपति शर्माकै रहेको छ । गीतको भिडियोमा दुवै जनाले मुख्य भुमिका निभाएका छन् । भिडियोलाई दुर्गा पौडेलले छायांकन तथा निर्देशन गरेका हुन्।

गिरमान सोहन कुमालको कोरियोग्राफी रहेको भिडियोमा नबिन घर्ति मगरको सम्पादन छ। गीतले छोटा् समयमा नै राम्रो लोकप्रियता कमाएको छ ।

गीत युटुबमा अपलोड गरेको २४ घण्टा नबित्दै (यो समाचार तय पार्दासम्म) १ लाख ७० हजार दर्शकको माया पाईसकेको छ ।

भिडियो : 

More News last news
Loading...