काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनको ६९ औँ जन्मदिनमा मंगलबार गुजरातीसहित अंग्रेजी र हिन्दी गरी तीनवटा भाषमा जन्मदिनको शुभकामना दिएका थिए।
प्रधानमन्त्री ओलीको शुभकामनाको जवाफ भारतीय प्रधानमन्त्री मोदीले नेपाली भाषामा ट्वीट गर्दै फर्काएका छन्।
शुभकामना सन्देशमा प्रम ओलीले मोदीको स्वास्थ्य जीवन र दीर्घायुको कामना गरेका छन् । साथै, उनले दुई जना मिलेर नेपाल–भारतको द्विपक्षीय सम्बन्धलाई अझै मजबुद गर्दै लैजाने आशा पनि व्यक्त गरेका थिए।
मेरा मित्र प्रधानमन्त्री ओलीज्यू, तपाईको शुभकामनाका लागि धन्यवाद व्यक्त गर्न चाहन्छु । यहाँको शुभकामनाको अत्यन्तै कदर गर्दछु । @kpsharmaoli https://t.co/V4UleRyeF7
— Narendra Modi (@narendramodi) September 17, 2019
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
