काठमाडौं । नेपाली कांग्रेसले आयोजना गरेको दोश्रो जागरण अभियान अन्तर्गत कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दोश्रो जागरण अभियान अन्तरगत प्रदेश नम्बर पाँचका विभिन्न जिल्लामा सहभागी हुने भएका छन् ।
असोज ५ गतेदेखि प्रदेश नम्बर पाँचका बिभिन्न जिल्ला पुग्ने भएका हुन् । पौडेलले असोज ५ गते रुपन्देहीबाट सुरु गरेको भ्रमण असोज १० गते बाँके पुगेर समापन हुनेछ ।
उनी असोज १० गते नेपालगञ्जबाट काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।
यस्तो छ पौडेलको भ्रमण कार्यक्रम
२०७६ असोज ५ गते
विहान भैरहवा हुदै कपिलवस्तु प्रस्थान र हिमाल पहाड तराई मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको दोस्रो चरणको कार्यक्रम तौलीहवामा सम्वोधन पश्चात । (रात्री मुकाम, कपिलवस्तु, तौलीहवा)
२०७६ असोज ६ गते
विहान कपिलवस्तु वाट प्यूठान प्रस्थान र हिमाल पहाड तराई मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको दोस्रो चरणको कार्यक्रम लाई प्यूठानमा सम्वोधन । (रात्री मुकाम, रोल्पा ) ।
२०७६ असोज ७ गते
नेपाली कांग्रेस रोल्पा जिल्लाले आयोजना गरेको विभिन्न कार्यक्रमलाई सम्वोधन गर्ने र हिमाल पहाड तराई मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको दोस्रो चरणको समापन कार्यक्रमलाई सम्वोधन गर्नुहुने । (रात्री मुकाम, प्यूठान स्वर्गद्धारी) ।
२०७६ असोज ८ गते
स्वर्गद्धारी वाट दाङ्ग प्रस्थान दाङ्गमा हुने विभिन्न कार्यक्रम लाई सम्वोधन गर्नुहुने । (रात्री मुकाम घोराही)
२०७६ असोज ९ गते
दाङ्ग जिल्लामा हुने विभिन्न कार्यक्रम लाई सम्वोधन गर्नुहुने । (रात्री मुकाम तुलसीपुर)
२०७६ असोज १० गते
दाङ्ग जिल्ला वाट नेपालगञ्ज प्रस्थान र हवाई मार्ग हुदै काठमाण्डौं फर्कनुहुने ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
