दशैँभर हवाई भाडामा छुट

काठमाडौं । आगामी असोज १२ गते २०७६ देखि १७ असोजसम्म उड्ने जहाजमा यात्रुले १० प्रतिशत छुट पाइने भएका छन्। दशैंलाई लक्षित गर्दै वायुसेवा सञ्चालक संघ नेपाल (आयोन) ले छूट दिने निर्णय लिएको हो।

आयोनको आइतबार बसेको बैठकले नियमित उडान सञ्चालन गर्ने सबै वायुसेवा कम्पनीले काउन्टरबाटै टिकट खरीद गरे १० प्रतिशत छूट दिने निर्णय गरेको हो।

Advertisement

टिकट आजै खरीद गरे पनि उड्ने दिन १२–१७ असोज भित्र टिकटमा १० प्रतिशत छूटपाइने जनाइएको छ ।

 

More News last news
Loading...