काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१३ गाम्चापुल नजिकैबाट आइतबार विहान एक ट्याक्सी चालक लुटिएका छन्।
काठमाडौं महाँकाल बस्ने ओखलढुङ्गाका बा.१ ज. ९०४१ नम्बरका ट्याक्सी चालक ३८ वर्षीय पूर्ण बहादुर तामाङको साथबाट नगद ५ हजार रुपैयाँ र एक थान मोबाइल लुटपाट भएको प्रहरीले जनाएको छ।
सामाखुसीबाट ट्याक्सी चढेका ३ जना अपरिचित व्यक्तिहरुले गाम्चापुल नजिकै पुगेपछि तामाङलाई कुटपिट गरी उनको ट्याक्सी नै लिएर फरार भएका थिए।
महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरी टोलीले तामाङको ट्याक्सी सामाखुशीमा फेला पारेको जनाएको छ। लुटपाटमा संलग्न समूहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
