टुक्राटुक्रा पारेर इनारमा पुरिएका थिए ४४ वटा शव, गरियो पहिचान

मेक्सिकोका विधिविज्ञानविज्ञहरूले खालिस्को प्रान्तमा एउटा इनारमा पुरिएका ४४ वटा शवको पहिचान भएको बताएका छन्। ग्वादलहार नगरबाहिर ११९ वटा काला झोलामा हालेर पुरिएको अवस्थामा मानव अवशेष भेटिएको थियो।

स्थानीय बासिन्दाले सो स्थानबाट दुर्गन्ध आएको गुनासो गरेपछि त्यहाँ मानव अवशेष पुरिएको थाहा भएको थियो। खालिस्को प्रान्तमा लागुपदार्थको कारोबार गर्ने आपराधिक समूहहरू सक्रिय छन्। यो वर्ष यसअघि पनि त्यस्ता शव पुरिएको अवस्थामा फेला परेका थिए।अधिकांश शवहरूलाई टुक्राटुक्रा पारेर काटिएको थियो।

Advertisement

शव पहिचान गर्न ती टुक्राहरूलाई जोड्नुपरेको थियो।धेरै शवको अझै पहिचान हुन बाँकी छ। बेपत्ता मानिसहरूको खोजी गर्ने एउटा संस्थाले विशेषज्ञहरूको सहयोग लिएर शव पहिचान गर्न सरकारलाई आग्रह गरेको छ। स्थानीय विधिविज्ञान विभागमा कामको ठूलो चाप रहेको र त्यहाँका कर्मचारीसँग आवश्यक सीप नभएको उसको भनाइ छ।

More News last news
Loading...