काठमाडौं । भ्रष्टाचार विरोधी अभियन्ताको दाबी गर्ने ज्ञानेन्द्र शाहीलाई प्रहरीले पत्रकार सम्मेलनबाटै सुरक्षाको लागि नियन्त्रणमा लिएको छ ।
ललितपुरको पुल्चोकमा शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा विवाद उत्पन्न भएपछि उनलाई सुरक्षाका लागि नियन्त्रणमा लिएको ललितपुर प्रहरीले जनाएको छ ।
उनीमाथि आक्रमण हुनसक्ने भन्दै सुरक्षाका लागि नियन्त्रणमा लिएको हो । शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण विमान उडान ढिलो भएको भन्दै शाहीले मन्त्री विरोध जनाएका थिए।
अधिवक्ता सुरेन्द्र भण्डारीले भने पत्रकार सम्मेलनमा उपस्थित योगेश भट्टराईनिकट कार्यकर्ताको झुण्डले शाहीमाथि आक्रमण गरेको आरोप लगाएका छन् ।
सोही विषयमा उनले आइतबार पत्रकार सम्मेलन गरेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
