एनआरएनए आइसीसी युवा संयोजकमा घर्तीद्वारा उम्मेद्वारी घोषणा

भगवान गिरी लिस्बन। गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् युवा संयोजकका लागि पोर्चुगलबाट बागलुङका येमेन्द्र कुमार घर्तीले उम्मेद्वारीको घोषणा गरेका छन्।

हाल गैर आवासीय नेपाली संघ पोर्चुगल शाखाका सचीव समेत रहेका घर्तीले शनिबार पत्रकार सम्मेलन मार्फत युवाहरुको हितमा काम गर्ने भन्दै आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन्।

Advertisement

हक्की स्वभावका घर्तीले आफू विजयी भएपछि संस्थागत गतिविधिलाई पारदर्शी बनाउने, युवा र श्रमिक वर्गलाई संस्थाप्रति आकर्षितगर्ने, दोश्रो पुस्ताका नेपालीहरुलाई पनि संस्थाको महत्वबारे सचेतना फैलाउने र गैह्र आवासीय नेपाली नागरिकताबारे संविधानमा उल्लेख भए बमोजिमको ऐन बनाउन दवाव दिने प्रतिवद्धता जाहेर गरेका छन्।

२० वर्षदेखि वैदेशिक रोजगारमा रहेका उनी ६ वर्ष जापान बसेका थिए । तेह्र महिना अगाडि पोर्तुगल आएका उनले अन्तर्राष्ट्रिय स्तरमा थुप्रै साथीहरुको सल्लाह र परामर्शमा उम्मेदवारी दिने निर्णयमा पुगेको बताए । जापानमा उनले एनआरएनएबाहेक नेपाली जनसम्पर्क समिति र नेपाली सेवा समाज जापानको महासचिव पदमा रहेर काम गरेका थिए।

जापानमा रहेका उनका समर्थक रेशम पुनका अनुसार एशिया पशिफिक, युरोप र अमेरिकाका एनआरएनए अभियन्ताहरुबाट घर्तीलाई सहयोग हुने आश्वासन प्राप्त भएको बताए। घर्तीले सबैतिर घनिभूत छलफल र समन्वयका लागि उच्चतम प्रयास गरिएकोले विजय सुनिश्चित रहेको दावी गरेका छन्। उनले मध्य पूर्व र ओसेनिया क्षेत्रमा पनि समर्थन जुटाउन प्रयास भाइरहेको बताएका छन्।

नेपाली काँग्रेसको एघारौ महाधिवेशनमा बागलुङ जिल्ला क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिका रुपमा सहभागी भएका थिए । विसं २०५४ मा नेवि संघ जिल्ला समिति बागलुङको उपाध्यक्ष रहेका घर्तीले बागलुङ काँग्रेसको जिल्ला समितिको सदस्यको राजनीतिक अनुभव पनि सङ्गालेका छन्। सीसाखानी बागलुङका घर्ती नेपाल छँदा युवा अनुसन्धान केन्द्र नामक गैह्र सरकारी संस्थाको अध्यक्ष भएर काम गरेका थिए।

More News last news
Loading...