काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण उडानमा ढिलाइ भएपछि यात्रुहरु उनीमाथि खनिएका छन्।
शनिबार नेपालगञ्जबाट काठमाडौँ आउने क्रममा नेपालगञ्ज एयरपोर्टमा मन्त्री भट्टराई केहीबेर ढिला पुगेका थिए। मन्त्री ढिला पुग्दा एयरपोर्टमा १ घण्टा कुर्नु परेको भन्दै यात्रुहरुले आक्रोश व्यक्त गरेका हुन्।
मन्त्री भट्टराई शनिबार कैलालीको टिकापुरमा आयोजना भएको डलफीन महोत्सवमा सहभागी हुन् बनेर काठमाडौँ फर्किदै थिए।
घटना भएको केही समयपछि मन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत क्षमा मागेका छन्। उनले आफ्नो कारणले यात्रुहरुमा पर्न गएको असुविधाप्रति क्षमा माग्दै सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद पनि व्यक्त गरेका छन्,
मन्त्री भट्टराईको फेसबुक स्टाट्स जस्ताको तस्तै
आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमान्डौ फर्कने मेरो योजना रहेको थियो । तर कार्यक्रम ढिला भएको कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगंजको अन्तिम उडानबाट काठमान्डौ फर्कनेक्रममा केहि ढिला हुन गएको सत्य हो । सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो ।
भोली प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जबाफ दिने कार्यक्रम रहेको कारण काठमान्डौ फर्कनै पर्ने दबाबमा म थिए । नेपालगंज बिमानस्थलमा ३/ ४ जना ब्यक्तीहरु आक्रमक शैलीमा मेरा बिरुद्ध प्रस्तुत हुनुभयो । एकजनाले पारसका बिरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दु:ख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेंका छौ र ? सम्म भने ।त्यो सुने पछि उनीहरुको नियत मैले बुझिहाले । सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद ब्यक्त गर्दछु । मेरा कारणले यात्रुहरुमा पर्न गएको असुबिधाप्रति भने क्षमाप्राथी छु ।
यात्रुले लेखे यस्तो
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
