उग्र बन्दै दरुण दलको विवाद, अध्यक्ष बस्नेतले महासचिव शाहीलाई हटाए

अध्यक्षको वक्तव्य निरंकुश र हाँस्यास्पद् भएको शाहीको प्रतिक्रिया

काठमाडौं । नेपाली काँग्रेसको भातृ संगठन तरुण दलको विवाद उत्कर्षमा पुगेको छ। अध्यक्ष जितजंग बस्नेतले शनिबार महासचिब भुपेन्द्रजंग शाहीलाई एक पत्र पठाउँदै पनि पदमा नरहने गरी निष्काशन गरेका छन्।

महाधिवेशन भएको २ वर्षसम्मपनि ४ जनामात्रै रहेको तरुण दलको पदावधि सकिनै लागेका बेला अध्यक्ष र महासचिवबीच विवाद बढ्दै जाँदा अध्यक्षले एक पत्र पठाउँदै तरुण दलको कुनै पनि पदमा नरहनेगरी निस्काशन गरेको बताएका हुन्।

Advertisement

पार्टीले दोस्रो जागरण अभियान सुरु गरेसँगै पार्टीको मेरुदण्ड मानिने नेविसंघ र तरुण दलाई पूर्णता दिएर मात्रै जागरण अभियानमा जानुपर्ने मुद्धा उठाउँदै आएका थिए। महासचिब शाहीले पार्टी सभापति शेरबहादुर देउवाले तरुण दललाई पंगु बनाएको भन्दै आवाज उठाउँदै आएका थिए।

अध्यक्ष बस्नेतले कारवाही गरेको भन्ने विषयमा बोल्दै महासचिव शाहीले एउटै महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई अध्यक्षले एकलौटी विज्ञप्ती निकालेर कार्वाही गरेको भन्नु हाँस्यास्पद् भएको बताएका छन् । अध्यक्षको निरंकुश शैलीको आफूले महासचिवको हैसियतमा भण्डाफोर गरिरहने बताए। अध्यक्ष बस्नेत सभापति शेरबहादुर देउवा र महासचिव शाही वरिष्ठ नेता रामचन्द्र पौडेल समुहका हुन् ।

More News last news
Loading...