काठमाडौंको गोलढुङ्गामा गोली चल्यो, एक जना पक्राउ

काठमाडौँ । काठमाडौंको गोलढुङ्गामा गोली चलेको छ। प्रहरीले गुण्डागर्दीमा संलग्न साजन गुरुङ उर्फ नाजोकलाई गोली प्रहार नियन्त्रणमा लिएको हो।

प्रहरीको गोलीबाट घाइते भएका साजनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ। तारकेश्वर नगरपालिकाको गोलढुंगास्थित फूलबारी रेष्टुराँमा साजनलाई प्रहरीले घेरेर नियन्त्रणमा लिन खोजेको थियो। तर, साजनले प्रहरीलाई आक्रमण गरेर भाग्न खोजेपछि महानगरीय अपराध महाशाखाको टोलीले उनीमाथि गोली चलाएको हो।

Advertisement

महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार साजनको खुट्टामा दुई गोली लागेको छ। साजनलाई विभिन्न अभियोगमा प्रहरीले पक्राउ गर्न खोजी गर्दै आएको थियो।

धादिङ घर भएका साजनले काठमाडौं र धादिङका निर्माण व्यवसायीसँग रकम असुल्ने गरेको प्रहरीसमक्ष उजुरी परेको थियो। साजनको साथबाट एउटा कटुवा पेस्तोल बरामद भएको प्रहरी जनाएको छ।

More News last news
Loading...