बजारमा २० र ५० रुपैयाँका नयाँ नोट

नेपाल राष्ट्र बैंकले बिहीबारदेखि २० र ५० रुपैयाँ दरका नयाँ नोट बजारमा पठाएको छ ।

राष्ट्र बैंकले २० रुपैैयाँको नोटको अग्रभागमा विक्रम संवत २०७२ र एडी २०१६ लेखिएको छ । २० रुपैयाँ दरको नोटमा  सङ्केत नम्बर ञ/४१०००००१  देखि ञ/४१९९९९९९ हुने छ ।

Advertisement

यस्तै ५० रुपैयाँ दरको नोटको अग्रभागमा पनि विक्रम संवत २०७२ र इस्वी संवत अर्थात एडी २०१५ हुनेछ।

यस्तै ५० रुपैयाँ दरका नोटमा संकेत नम्बर ज/८६०००००१ देखि ज/८८९९९९९९ सम्म हुनेछ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले २० र ५० रुपैयाँ दरका नयाँ नोट ल्याएपछि बजारमा साना दरका नोटको अभावको अन्त्य हुने जनाएको छ।

More News last news
Loading...