शपथ ग्रहण सभामै कुटाकुटः यादवको टाउको फुट्यो, प्रभु साहमाथि हातपात

जनकपुरधाम । प्रदेश २ का दुई जिल्लाका पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रममै कुटाकुट भएको छ। शपथ ग्रहन सभामा कुटाकुट हुँदा आधा दर्जन नेता तथा कार्यकर्ता घाइते भएका छन्। घाइते मध्ये एक जनाको टाउको नै फुटेको छ।

बर्दिवासस्थित सेवा समितिको हलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सप्तरी र सिरहाका पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रममै कुटाकुट भएको प्रहरीले जनाएको छ। शपथ ग्रहण सुरु हुनुअघि नै नेतारकार्यकर्ताहरुले नाराबाजी गर्दै हलभित्रका कुर्सीहरु तोड्फोड गरेका थिए।

Advertisement

पार्टीका अध्यक्ष तथा महासचिवले शपथ ग्रहण स्थगित गर्न निर्देशन दिएपनि अध्यक्ष प्रभु साहसहितकाले बलजफ्ती गर्न खोजेपछि झडप भएको बताइएको छ। असन्तुष्ट कार्यकर्ताहरुले अध्यक्ष प्रभु साहलाई हातपात गर्नुका साथै हलबाट बाहिर निकालिदिएका थिए।

असन्तुष्ट समूहले नाराबाजी गर्दै कुर्सी तोड्न थालेपछि दुईतर्फी झड्प भएको छ। झड्पलाई नियन्त्रण गर्न आएको प्रहरीले लाठी प्रहार गर्दा नेकपाका सप्तरी नेता तथा प्रदेश कमिटि सदस्य देबनाथ यादवको टाउको फुटेको छ।

More News last news
Loading...