ताजकिस्तानलाई हराउँदै नेपाल फाइनलमा, उपाधि भिडन्त उज्बेकिस्तानसँग

काठमाडौं । किर्गिस्तानमा जारी नाडेज्हा कपमा नेपाल फाइनलमा प्रवेश गरेको छ ।

ताजिकिस्तानलाई हराउँदै नेपाली महिला फुटबल टिम किर्गिस्तानमा जारी नादेज्दा कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको हो । पहिलो खेलमा आयोजक किर्गिस्तानलाई ८–२ ले हराएको नेपालले आज ताजिकिस्तानलाई एक शून्यले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

Advertisement

नेपाललाई जित दिलाउनका लागि सावित्रा भण्डारीको एकमात्र गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बनेको खेलको ८६ औंँ मिनेटमा सावित्राले गोल गरेकी थिइन् । यो जितसँगै नेपाल फाइनलमा पुगेको हो । प्रतियोगिताको फाइनल बिहीबार हुनेछ । उज्बेकिस्तानले भने फाइनल यात्रा पक्का गरिसकेको छ ।

यसअघिका दुई खेलमा जित हात पार्दै उज्बेकिस्तान फाइनलमा पुगेको हो । उज्बेकिस्तानले ताजिकिस्तानलाई १२–० ले हराएको थियो ।

More News last news
Loading...