नेपालगञ्जपछि अर्को गाईकाण्ड : जिउँदै गाड्न लागेका गाईको यसरी गरियो उद्धार (भिडियोसहित)

काठमाडौँ । नुवाकोटको विदुर नगरपालिका ४ मा जिउँदै गाडेका गाईको उद्धार गरिएको छ। गाईलाई जिउँदै पुर्न लागेको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी प्रहरी घटनास्थल पुग्नु अगावै गाई पुर्ने मान्छे भने फरार भएका छन्।

नजिकै नेपाली सेनाको ब्यारेक रहेकाले सेना र प्रहरीको सहयोगमा स्थानीयले पुर्दै गरिएको गाईको उद्धार गरेका हुन्। बट्टार हावाघर नजिकै नवर्निमित क्रियापुत्री बस्ने भवन नजिक गाईलाई खाल्डा खनेर पुर्न लागिएको अवस्थामा स्थानीयले देखेका थिए। गाई चीनतर्फ तस्करीका लागि ल्याइएको हुन सक्ने आंशका गरिएको छ।

Advertisement

हेर्नुहोस् उद्धार गरिएको भिडियो

More News last news
Loading...