काठमाडौँ । आउँदो आइतबार चीनका ‘स्टेट काउन्सिलर’ एवं विदेश मन्त्री वाङ यी नेपालको तीन दिने औपचारिक भ्रमणका लागि काठमाडौँ आउन लागेका छन्। उनी परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा नेपाल आउन लागेका हुन्।
भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्दै भेट गर्ने कार्यसूची रहेको छ।
परराष्ट्र मन्त्री ज्ञवालीले आफ्ना चिनियाँ समकक्षीसँग सोमबार प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेछन् भने त्यही दिन चिनियाँ विशिष्ट पाहुनाहरूको सम्मानमा रात्रिभोज आयोजना गरिने छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
