अफगानिस्तानको काबुलमा कारबम विस्फोट: करिब १२ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलको शास दराक क्षेत्रमा बिहीबार भएको एक कारबम विस्फोटका परी १२ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। स्थानीय समयानुसार बिहीबार बिहान १०ः१० बजे सो दुृर्घटना भएको जनाइएको छ। यस दुर्घटनामा परी अन्य कैयौ व्यक्ति घाइते भएका छन।

उक्त विस्फोट प्रहरीचौकी नजिकै भएको थियो। विस्फोट भएको सो स्थानमा राष्ट्रिय सुरक्षा निर्देशनालयको कार्यालय, अमेरिकी दूतावास र नेटोको नेतृत्वमा रहेका सेनाहरु रहेका थिए। अफगानिस्तानमा सरकारसँग द्वन्द्व जारी राखेका तालिबान लडाकू समूह र वासिङ्टनबीच शान्ति सम्झौता अन्तिम चरणमा पुग्न लागेको अस्थावमा अफगानिस्तानको राजधानीमा पुनःभीषण विस्फोट घटनाहरु भइररहेको छ।

Advertisement

काबुलको आवासिय क्षेत्रमा गत सोमबार भएको यस विस्फोटमा परी कम्तीमा १६ सर्वसाधारण मारिएका छन्। यस विस्फोटमा परी अन्य ११७ व्यक्ति घाइते भएका थिए। सोमबार बम विस्फोट भएको यस समयमा अमेरिकी विशेष दूत जाल्मे खलीलजाद अफगानिस्तानको राजधानी काबुलमा प्रस्तावित सम्झौताको बारेमा छलफल गर्न आएका थिए।

उनी अफगानिस्तानमा तालिबान लडाकू र अमेरिकाबीच शान्ति सम्झौता हुन लागेको यस अन्तिम समयमा यहाँ रहेका अमेरिकी सेना फर्काउने विषयमा सम्झौताको लागि आएका थिए। आज भएको कारबम विस्फोट केही दिनयता तालिबान लडाकूले गरेको यो चौथो ठूलो आक्रमण हो।

More News last news
Loading...