त्रिभुवन विमास्थलः चरा ठोक्किएपछि कतार एयरवेजको विमान ‘ग्राउण्डेड’

कतारबाट काठमाण्डाैकाे त्रिभुवन विमास्थलमा अवतरण गर्ने क्रममा आइतबार कतार एयरवेजको जहाजमा चरा ठोक्किएको छ।

आइतबार मध्यान्ह भएकाे घटनापछि कतार एयरवेजको क्युआर ६४५ जहाजलाई ग्राउण्डेड गरिएकाे त्रिभुवन विमानस्थल कार्यालयले जनाएकाे छ ।

Advertisement

विमानमा चरा ठाेकिएकाे बारे कतार एअरवेजका एअरपाेर्ट म्यानेजर अर्पन दवाडीले भन्नुभयाे, ‘कतारबाट त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा एउटा इञ्जिनमा बर्ड स्ट्राइक भएपछि विमानलाई ग्राउण्डेड गिरएकाे छ। कतारबाट इञ्जिनियरहरुकाे टाेली नेपाल हिँडिसकेकाे छ र प्राविधिक टाेलीले जाँच गरेपछि विमानमा के कति क्षति भएकाे भन्ने थाहा हुन्छ।’

More News last news
Loading...