बटुवाले भन्दैमा र जुलुशमा जाँदैन् प्रधानमन्त्री भइदैन (भिडियोसहित)

काठमाडौँ । पत्रकार ऋषि धमलाले हालै प्रहरी हिरासतबाट धरौटीमा रिहाई भएका टिभी प्रस्तोता रवि लामिछानेलाई प्रधानमन्त्री हुनुपर्छ भनेपछि कार्यक्रममा हंगामा भएको छ।

बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार धमलाले अब रवि लामिछाने प्रधानमन्त्री हुनुपर्छ भनेर आवाज उठेको छ नि भनेर सोधेको प्रश्नमा नेकपाका राष्ट्रिय सभाका सदस्य रामनारायण विडारीले ब्यङ्ग्य गरेका हुन्।

Advertisement

विडारीले रवि लामिछानेलाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर आवाज उठेको भन्ने प्रश्नमा जंगिँदै भने,‘अब बाटो हिँड्ने बटुवाहरुले के(के भन्छन् ? अरु को-को ले के के भन्छन् भन्नेतिर म जान्न। उहाँ को हो ? भन्नेबारे मलाई कुनै चासोको विषय छैन्। होला, युवाहरुले देश हाँक्नुपर्छ भन्ने कुरामा सत्य छ। हुलहुज्जत र जुलुश गरेर प्रधानमन्त्री होईँदैन्। प्रधानमन्त्री हुने त विधि होला । प्रक्रिया होला। प्रणाली होला। त्यो सिस्टममा आउनुभयो भने उहाँ त हुनुहुन्न होला भनेर कसले भनेको छ र ?’

More News last news
Loading...