काठमाडौँ । अन्ततः चर्चित सञ्चारकर्मी रवि लामिछाने ५ लाख धरौटीमा रिहा भएका छन्।
पूर्व सहकर्मी शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरीले दुरुत्साहनको अभियोग लगाएर प्रहरीले पक्राउ गरेको लामिछानेसहित टिभी जर्नलिष्ट युवराज कँडेललाई ३ लाख र अर्की आरोपी अस्मिता भन्ने रुकु कार्की पनि सामान्य तारेखमा रिहा भएका छन्।
रवि लामिछाने रिहा भएपछि ज्योतिष भनेर चिनिने अर्जुन क्षेत्रीले आफूले गरेको भविष्यवाणी मिलेको भन्दै फेसबुकमा स्टाट्स लेखेका छन्।
उनले रवि लामिछानेलाई बधाई दिदै आफूले गरेको भविष्यवाणी सत्यसावित भएको भन्दै खुसी व्यक्त गरेका छन्।
गत साउन २० गते चितवनको कंगारु होटलमा मृत अवस्था फेला परेका पुडासैनीले आफ्नो आत्महत्यामा लामिछानेसहित कँडेल र कार्कीलाई दोषी देखाएका थिए। प्रहरी, सरकारी वकिल र चितवन जिल्ला अदालतसंगको वयान पछि आजै गरिएको थुनछेक वहसपछि न्यायाधीश हेमन्त रावलको इजलासले न्यूज २४ का सीधाकुरा जनतासंग कार्यक्रमका सञ्चालक लामिछानेलाई ५ लाख धरौटीमा छाड्ने निर्णय गरेको हो।
यस्तै कँडेललाई ३ लाख धरौटीमा रिहा भएका छन्। तर लामिछानेलाई देश वाहिर जाँदा अदालतको अनुमति लिनु पर्ने आदेश दिएको छ। लामिछानेको रिहाईसंग उनका समर्थकहरुले सत्यको जित भएको भन्दै खुसियाली मनाउन थालेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
