चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणले दिनहुँ फरक मोड लिईरहेको छ। हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेका समर्थकहरु प्रदर्शन गर्न अझै रोकिएका छैनन्। सोहि प्रदर्शनलाई कम गर्न प्रहरीले अहिले चितवनमा अश्रुग्याँस फायर गरेको छ।
अदालतमा थुनछेक बहस नसकिएका कारण रविसहित तीन जनालाई थप एक दिन थुनामा राख्न दिएको आदेशको विरोध गर्दै चितवनमा प्रदर्शन भैरहेको छ।
जिल्ला प्रहरी कार्यालय अगाडि भएको प्रदर्शनमा १३ राउन्ड अश्रुग्याँस समेत प्रहार गरिसकेको छ। जिल्ला प्रहरी कार्यालय चितवनबाट करिब पाँच सय मिटरको दूरीमा रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको हो। झडपमा केही प्रहरी घाइते भएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
