गायन प्रतिभाहरुको खोजी गर्ने उद्देश्यले सञ्चालित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन २’ को प्रसारण हिमालय टीभी एचडीमा भइरहेको छ।
यसपटकको सिजनमा दुईजना कोच परिर्वतन भएका छन्। राजु लामा र आस्था राउतले अन्य दुई कोच दीप श्रेष्ठ र प्रमोद खरेललाई साथ दिएका छन्।
साऊन ३१ बाट प्रशारणमा आएको यस शो ले शुक्रबार तेस्रो एपिसोड प्रसारण गर्यो।
गिता शर्मा नामकी प्रतिस्पर्धीले गायिका अरुणा लामाको स्वरमा रहेको गीत गाउँदा आस्था भावुक बनिन्। उनले आँखाबाट आँसु रोक्न सकिनन्। उनी भावुक भएको देखेपछि जज्हरु समेत मौन बने।
हेर्नुहोस् भिडियो
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
