काठमाडौं । कलाकारहरूले पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने निर्दोष रहेको दाबी गरेका छन् ।
रिपोर्टर्स क्लव नेपालले काठमाडौंमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा कलाकारहरूले लामिछानेलाई फसाउन खोजिएको दाबी गरे । उनीहरूले शालिकराम पुडासैनी प्रकरणमा रवि लामिछानेको संलग्नता नहरेको जनाए ।
कलाकार दीपकराज गिरीले रवि लामिछाने शालिकराम पुडासैनी प्रकरणमा निर्दोष रहेको बताए । ‘रवि लामिछाने निर्दोष छन् । रवि लामिछानेका लागि यो कानूनलाई फेर्नुपर्छ भने पनि फेर्नुपर्छ’, उनले भने, ‘रवि लामिछानेलाई हिरासतमा राखेर राज्यले खलनायक बनाउन खोजेको छ ।’ पत्रकार ऋषि धमलाले पनि रवि लामिछाने निर्दोष रहेको बताए ।
भिडियो हेर्न यो लिंकमा जानुहोस् :
https://www.facebook.com/kalamkarap/videos/2426138097663045/
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
