काठमाडौँ । सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबिच प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको छ।
दुई नेताबिच बिहान सातबजेदेखि भएको छलफल साढे ९ बजे सकिएको स्रोतले जनाएको छ । बिचमा केहीबेर नेता जनार्दन शर्मा पनि सहभागी भएका थिए। पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अधिकार दिएर उपचारका लागि सिंगापुर गएको भोलिपल्टै प्रचण्डले सक्रियता देखाएका हुन्।
ओली र प्रचण्ड एक खेमामा आएपछि एक्लिएका नेता माधव कुमार नेपाललाई हालैको नेकपाको बैठकले वरिष्ठ नेताबाट घटुवा गर्ने निर्णय गरेको थियो । त्यसपछि बिहीबार सबेको सचिवालय बैठकमा ओली र नेपालबिच ‘भनाभन’ कै अवस्था आएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
