काठमाडौँ । पूर्वयुवराज पारस शाहले शनिबार त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा भएको घटनाको सम्बन्धमा फेसबुकमार्फत् स्पष्टीकरण दिएका छन्। शाहले सामाजिक सञ्जालमा स्टाटस् लेख्दै स्पष्टीकरण दिएका हुन्।
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका प्रहरी अधिकृतले आफ्नो छोरामाथि डण्डा बर्साएपछि सहन नसकेको र उनीमाथि जाइलागेको बताएका छन्।
उनले स्पष्टीकरणमा लेखेका छन् , मेरो आमा उपचारको क्रममा बैंकक जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जब त्यहाँका प्रहरी अधिकृतले मेरो छोरामाथि डण्डा बर्साए एउटा बाबुको नाताले मैले सहन सकिन र उनीमाथि जाइलागे।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
