काठमाडौँ । रबि लामिछाने अहिले प्रहरी नियन्त्रणमा छन् । चितवन प्रहरीको नियन्त्रणमा रहका रबिलाई पत्रकार सालिकराम पौडेलमाथी आत्महत्या गर्न बाध्य पारेको भिडियो बाहिरिएपछि अनुसन्धानको लागी नियन्त्रणमा लिएको हो।
रबिका सर्मथकले चितवन अदालत र प्रहरीचौकी अगाडी नै प्रदर्शन गरेक छन्। सधै रबिको बारमो वकालत गर्दै आएका प्रखर बक्ता रमेश प्रसाई समते जुलुसमा सहभागी भए। उनले बरु आफूलाई जेल वा हिरासतमा राख्न तर रबिलाई छाड्न भन्दै आक्रोश पोखेका छन्।
यता पोखरामा पनि रबि लामिछाने समर्थकहरुले चिप्लेढुंगामा नाराजुलुस गरेका छन्। रबि लामिछाने जिन्दाबाद, रबि कस्को जनताको, जनता कस्को रविको भन्दै नारा जुलुस गरे। उनीहरुले रबिलाई बिनासर्त छोड्नुपर्ने र मृतक सालिकरामले न्याय पाउनुपर्ने धारणा राखे ।
हेरौं यो भिडियो
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
