मन्त्री ज्ञवालीले पक्राउ परेका रवि लामिछानेका बारेमा मुख खोले

गुल्मी । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले केही दिन अघि चितवनको एक होटलमा मृत फेला परेका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुपूर्व पत्रकार रवि लामिछाने लगायतले आत्महत्या गर्न बाध्य भनि लगाएको आरोपबारेको भिडियो शंकास्पद रहेको बताएका छन्।

शनिबार नेपाल पत्रकार महासंघ गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘त्यो भिडियो आफैँमा विरोधाभाष छ, मैले पनि हेरेको छु, एक आपसमा बाँझिएको छ।’

Advertisement

त्यसो भए त्यो भिडियो इडिट गर्नेलाई खोजी गरिदैन ? भन्ने प्रश्नमा उनले कसैले बदमासी गरेको पाइए कारबाही गरिने बताए। उनले कानुनमाथि कोही पनि हुन नसक्ने भन्दै रवि लामिछानेलाई आरोप लागिसकेपछि सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको बताए।

उनले बालुवाटारको जग्गा खोजीगर्ने काम यसै सरकारले गरेको पनि बताएका छन्। मन्त्री ज्ञवालीले अख्तियारले अनुसान्धान थालेको भन्दै दोषी जो भए पनि कार्बाही हुने प्रतिवद्धता जनाए।

More News last news
Loading...