बरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन

काठमाडौं। वरिष्ठ कलाकार सुभद्रा अधिकारीको ७३ वर्षको उमेरमा निधन भएको छ। अधिकारीको शनिबार बिहान ८ बजेतिर आफ्नो निवास डल्लुमा निधन भएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए थुप्रै नेपाली चलचित्रमा अभिनय गरेकी उनी लामो समयदेखी दमको रोगी थिइन्।

विक्रम सम्वत् २००३ सालमा काठमाडौँको असनमा जन्मेकी अधिकारीले कलाकारितामा नै आफ्नो जीवन अर्पण गरेकी थिइन्।

Advertisement

उनले पाँच वर्षको उमेरमै सरस्वती सदन (क्याम्पस) मा शास्त्रीय नृत्य गरेकी थिइन्। ६ वर्षको उमेरमा नेवारी नाटक ‘कचिमचा’ (काँचो माटो) बाट उनको अभिनय यात्रा सुरु भएको थियो। उनका श्रीमान् नाट्य कलाकार कृष्ण अधिकारीको यसअघि नै निधन भइसकेको छ। अधिकारीको आजै पशुपति आर्यघाटमा दाहसंस्कार हुने बताइएको छ।

More News last news
Loading...