काठमाडौँ । शालिकराम पुडासैनी मृत्यु प्रकरणमा बिहीबार बेलुका पक्राउ परेका पत्रकार रवि लामिछानेसहित तीन जनालाई आज जिल्ला अदालत चितवनमा पेस गरिदैछ।
चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लका अनुसार लामिछानेसहित पक्राउ परेका युवराज कँडेललाई हिजो राति नै चितवन पुर्याइएको थियो।
नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रवि लामिछानेसहितका तीनजनाको नाम उल्लेख गर्दै मर्न बाध्य बनाएको भिडियो केहीदिन अघि सार्वजनिक भएको थियो। उक्त भिडियोमा पुडासैनीले पटक पटक तीन जनाको नाम उल्लेख गर्दै मर्न बाध्य बनाएको बताएका थिए।
लामिछानेलाई बिहीबार बेलुकी पानीपोखरीमा रहेको न्यूज २४ टेलिभिजन कार्यालयबाटै पक्राउ गरिएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
