नेकपाका प्रमुख सचेतक ढकालको घरमा बम प्रहार

बुटवल । रूपन्देही क्षेत्र नम्बर ५ (क) का प्रदेश सांसद एवम् नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा बम प्रहार भएको छ। प्रमुख सचेतक ढकालको सैनामैना नगरपालिका वडा नम्बर ७ स्थित घरमा बिहीबार राति पेट्रोल बम प्रहार भएको हो।

पेट्रोल बमबाट घरमा राखिएको गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख हृदय थापाले पेट्रोल बमबाट घरमा पार्किङ गरी राखेको गाडीको पछाडिको भागमा क्षति पुगेको जानकारी दिएका छन्।

Advertisement

ढकाल बिरामी परेर उपचारका लागि केही दिनअघि काठमाडौंमा आएका थिए। उनी काठमाडौंमै रहेको बेला घरमा बम प्रहार भएको हो । घरमा बुबा, आमा र पत्नी लगायतका परिवार छन्। बम कसले प्रहार गर्यो भन्ने बारे नखुलेको प्रहरीले जनाएको छ।

More News last news
Loading...