काठमाडौँ । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो सार्वजनिक भएसँगै आत्महत्या प्रकरण नयाँ मोड लियो।
भिडियो सार्वजनिक भएसँगै भिडियोमा मृत्यु अघि पुडासैनीले नाम लिएका अस्मिता कार्कीलाई काठमाडौँबाट तथा रवि लामिछाने र युवराज कँडेललाई प्रहरीले बिहीबार साँझ न्यूज २४ टेलिभिजनको कार्यालयबाटै पक्राउ गरेको छ। पक्राउ परेका तीनै जनालाई चितनवन पुर्याइएको छ।
पुडासैनीले भिडियोमा रवीले विज्ञापन एजेन्सीमार्फत् बालुवा ठेकेदार, सिमेन्टलगायत ठूला कम्पनी र घरानाबाट करोडौं कमाउने गरेको तथा आफूलाई दबावमा राख्ने गरेको उल्लेख गरेका थिए।
यसैक्रममा जापानबाट रवीकी एक शुभचिन्तक ज्वाला सङ्रौलाले एक म्यासेजको स्क्रिनसर्ट सार्वजनिक गरेकी छिन्। उक्त स्क्रिनसर्टमा घरमा श्रीमती हुदाहुदै शालिकरामले बाहिर सम्बन्ध बढाएको र त्यसै कारणले डिर्पेशनमा पनि आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेको छन्।
ज्वालाका यी स्क्रिनसट शालिकरामले नाम लिएकी युवती अस्मिता र ज्वालाको कुरा हुने गरको कुरा समेत बाहिरिएको छ।
हेर्नुहोस् उक्त म्यासेजको स्क्रिनसर्ट











![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
