काठमाडौँ । काठमाडौँ । मिति २०७६ साल साउन ३० गते जनै पूर्णिमा अर्थात रक्षाबन्धन परेको छ। बिहीबार परेको यो वर्षको रक्षा बन्धनमा विशेष संयोगको योग रहेको छ। दाजुभाइ तथा दिदीबहिनीको स्नेहको पर्वका रुपमा यो पर्वलाई मनाइँदै आइएको छ।
ज्योतिषशास्त्रीका अनुसार ३० गते श्रवण नक्षत्रमा दिनको शुरुवात हुनेछ। जुन ८ः४५ बजेसम्म रहनेछ। त्यसपछि घनिष्ठा नक्षत्र रहेको छ। विहान सवा ११ बजेसम्म शौभाग्य योग र त्यसपछि शोभम योगमा रक्षा बन्धन शुरु हुनेछ। यद्यपीे रक्षावन्धनमा पुरै दिन रक्षा बन्धन वा जनै लगाउन पनि सकिनेछ।
१९ वर्षपछि १५ अगष्टमा जनै पूर्णिमा
ज्योतिषशास्त्री मनिष शर्माका अनुसार भारतीय स्वतन्त्रता दिवसका दिन रक्षा बन्धन पर्व १९ वर्ष पहिले सन् २००० मा मनाईएको थियो। १९ वर्षपछि यो संयोग यो वषर्मा जुरेको छ। श्रवण नक्षत्र विहान सवा ८ बजेसम्म रहेको छ। त्यसपछि घनिष्ठा नक्षत्र हुनेछ। त्यसैले शुभ मुर्हत खोज्नेहरुका लागि अपरान्ह ४ बजेअघि नै रक्षाबन्धन सक्नु पर्नेछ। बिहीबार पूर्णिमा तिथि र श्रवण नक्षत्र मिलेर सिद्धि योग बनेको छ। यस दिन पूर्णिमा अपरान्ह ४ः३५ बजेसम्म रहेको छ।
ज्योतिषविद् श्यामनारायण व्यासका अनुसार श्रावण पूर्णिमाको शुरुवात श्रवण नक्षत्रमा हुनेछ। त्यसपछि घनिष्ठा नक्षत्र रहेको छ। सौभाग्य र शोभम योगका कारण यो पर्वलाई खास संयोग मानिएको छ। यस दिन यर्जुर्वेदीय ब्राह्मणको उपाकर्म पनि हुनेछ। गायत्री जयन्त्री र लव कुश जयन्ती पनि यसै दिन परेको छ। भद्रा नपरेकाले पूरै दिन रक्षाबन्धनका लागि शुभ मानिएको छ।
ज्योतिषविद् अर्चना सरमण्डलका अनुसार यस पटक भद्रा सूर्योदयभन्दा पहिले समाप्त हुनेछ। श्रवण नक्षत्र, स्वामी चन्द्र, योग सौभाग्य करण वणिज, राशि मकर, स्वामी शनि, यी सबै योगको मिलेकाले पूरै दिन रक्षाबन्धनका लागि शुभ मानिएको छ। तर दिदी बहिनीले शुभ मुर्हतमा राखी बाध्न सक्नेछन्।
कुन राशिका भाइ बहिनीले के गर्दा राम्रो ?
मेषः दिदी बहिनीलाई रातो रंगको बस्त्र दिदा शुभ मानिनेछ।
वृषः दिदी बहिनीलाई मोतीको माता दिदा शुभ हुनेछ।
मिथुनः दिदी बहिनीलाई खानेकुरामा पिस्ता दिनु शुभ मानिनेछ।
कर्कटः दिदी बहिनीलाई मिठाई वा बर्फी दिदा शुभ हुनेछ।
सिंहः दिदी बहिनीलाई रातो बस्त्र दिनु शुभ मानिनेछ।
कन्याः दिदी बहिनीलाई फलफुल दिनु राम्रो मानिनेछ।
तुलाः दिदी बहिनीलाई दक्षिणाका साथ चावल दिनु शुभ हुनेछ।
वृश्चिकः दिदीबहिनीलाई केशर दान गर्नु शुभ मानिने छ।
धनुः दिदीबहिनीलाई पहेँले बस्त्रका साथ मह दिनु शुभ मानिनेछ।
मकरः दिदीबहिनीलाई निलो बस्त्र, सुनको बस्तु दिनु राम्रो मानिनेछ।
कुम्भः दिदीबहिनीलाई तामाको भाँडा दिनु शुभ मानिनेछ।
मीनः दिदीबहिनीलाई घ्यु र पहेँलो बस्त्र दिनु शुभ मानिनेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
