कतारको समुद्रमा डुबेर श्रीमानको मृत्यु, श्रीमतीले पनि गरिन आत्महत्या

कतार । कतारमा पौडी खेल्ने क्रममा ज्यान गुमाएका धनकुटाका ललित लिम्बूकी श्रीमतीले झुण्डिएर आत्महत्या गरेकी छिन्।

कतारमा श्रीमानको मृत्युको खबर सुनेपछि ललितकी श्रीमतीले आत्महत्या गरेकी हुन्। बकर इदको बिदा मनाउन समुद्री किनारामा पौडी खेल्ने क्रममा धनकुटाको साँगुरीगढी गाउँपालिका ३, का ३३ वर्षीय ललित लिम्बूको आइतबार डुबेर ज्यान गएको थियो।

Advertisement

श्रीमानको मृत्युको खबर सुनेपछि उनकी श्रीमती टीका लिम्बूले झुण्डिएर आत्महत्या गरेको धनकुटा समाजका कतारका महासचिव रविन राना मगरले जानकारी दिएका छन्। पाँच महिनाकी गर्भवती टीका एक महिना अघिमात्र कतारबाट नेपाल फर्किएकी थिइन्।

More News last news
Loading...