हङ्‍कङमा झन चर्किदै प्रदर्शनः १०० भन्दा बढी उडान स्थगित

लगातार चौथो दिन विमानस्थलभित्रै सरकारविरोधी प्रदर्शन कायम रहेपछि हङ्‍कङ अन्तर्राष्ट्रिय विमानस्थलले त्यहाँबाट प्रस्थान गर्ने उडानहरू स्थगित गरेको छ।

संसारको व्यस्त विमानस्थलमध्ये एक रहेको त्यहाँ हजारौँ प्रदर्शनकारी जम्मा भएका छन्। एक वक्तव्यमा अधिकारीहरूले मानिसहरू जम्मा भएका कारण विमानस्थल सञ्चालनकार्यमा गम्भीर असर परेको बताए।

Advertisement

आइतवारको प्रदर्शनमा नजिकैबाट अश्रुग्यास र अन्य कम घातक गोलीहरू प्रहार गर‌िएको भिडिओ सार्वजनिक भएपछि प्रदर्शनकारीहरूले प्रहरीको आलोचना गरेका छन्।आइतवार प्रहरीको प्रहारका कारण आँखामा चोट लागेर रक्‍ताम्मे भएकी एक महिलासँग ऐक्यबद्धता जनाउन केही प्रदर्शनकारीहरूले आँखामा पट्टी बाँधेर प्रदर्शन गरेका छन्।

सोमवार हङ्‍कङ विमानस्थल प्राधिकरणले एक विज्ञप्ति जारी गरेर उडान प्रक्रिया शुरू नभएका सबै उडानहरू स्थगित गरेको बताएको छ।

अधिकारीहरूले नागरिकहरूलाई विमानस्थल नआउन भन्दै आगमनको क्रममा रहेका विमानहरूलाई भने आउन दिने बताएका छन्।सन् २०१८ मा सो विमानस्थल हुँदै सात करोड ५० लाख यात्रुले यात्रा गरेका थिए।

“हामी यहाँ आइपुग्नु अगाडि यहाँ पाँच हजार प्रदर्शनकारी रहेको सूचना पाएका थियौँ,” वरिष्ठ प्रहरी अधिकृत कङ् विङ-चुङले भने। प्रहरीले विमानस्थलमा छिरेर प्रदर्शनकारीहरूलाई तितरबितर गर्छ कि गर्दैन भन्ने स्पष्ट छैन। बीबीसीको सहयोगमा

More News last news
Loading...