काठमाडौँ । संगीतकार तथा गायक चेतन सापकोटाको स्वदेश गान ‘वुद्ध फर्काइ देउ’ सार्वजनिक भएको छ। देश प्रेमले ओत प्रोत गीतमा शब्द पनि गायक स्वयम् सापकोटाको नै रहेको छ।
‘मेरो देशमा एउटा अर्को महा मानब पठाई देउ जस्तो भए नि हुन्छ मन शुद्द पठाई देउ मेरो देशमा एउटा अर्को वुद्द पठाई देउ’ यो गीतको शब्द संगीत र स्वर तिनै कुरा उत्कृस्ट बनेको छ।
देशमा एउटा महा नायकको आवश्यक छ। देशको विकास गर्न एउटा महान व्यक्तिको आवश्यक महसुश गरेर यो गीत बनाईएको चेतन बताउछन्। २०६५ सालमा रेकर्ड गरेको गीत हालै मात्र यु ट्युबमा सार्वजनिक गरिएको हो।
गंगाराम सापकोटाले छायांकन गरेको भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन् बिनोद गुरुङले संगीत संयोजन गरेको गीतको भिडियो वि स्टार नेपाल नामक यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। भिडियो चेतन सापकोटाको निर्देशनमा बनेको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
