भक्तपुर । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स)को परीक्षाको मिति सार्वजनिक गरेको छ। आयोगका अनुसार प्राथमिक तहको असोज ९ गते , माध्यमिक तहको असोज १० गते र निम्न माध्यमिक तहको परीक्षा असोज ११ गते हुने भएको छ।
प्रवेश पत्र शिक्षक सेवा आयोगको वेबसाइटबाट प्रिन्ट गर्न सकिने जनाइएको छ। परीक्षा केन्द्र पछि सार्वजनिक गरिने आयोगले स्पष्ट पारेको छ।
आयोगले माध्यमिक तहको विभिन्न तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको शिक्षक लाइसेन्सका लागि विज्ञापन गरेको थियो।
आयोगका अनुसार २ लाख ५० हजार बढीले लाइसेन्स परीक्षाका लागि आवेदन दिएका छन्।
जसमा सबैभन्दा बढी निमावि तहको नेपाली विषयका लागि ५० हजार बढी आवेदन परेको छ। यस्तै कानून, इञ्जिनियरिङलगायतका प्राविधिक विषयमा सबैभन्दा कम आवेदन परेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
