काठमाडौँ । पछिल्लो समय नेपाली बजारमा गीत संगीतमाथि चोरी हुने क्रम बढ्दै गएको छ। केही महिनाअघि मात्रै प्रकाश सपुतको चर्चित गीत गलबन्दीमाथि चोरीको आरोप लाग्यो । चोरीको आरोप लागेपछि अन्ततः प्रकाशले शम्भु राईसँग सम्झौता गरे र संगीतकारमा राईको नाम राखिएको छ।
गलबन्दी चोरीको चर्चा सेलाउन नपाउँदै अहिले सर्बाधिक चर्चामा रहेको तीज गीत पान पाते ठूली पनि अर्कै गीतसँग जुधेको गम्भिर आरोप लागेको छ। पान पाते ठूलीमा प्रकाश सपुतले पनि अभिनय गरेका छन्।
रविन लामिछाने र रिना केसीको स्वर रहेको पान पाते ठूलीलाई दुई वर्षअघि सार्वजनिक भएको मिना अधिकारी र डम्बरदेव ओझाको ऐसेलु झ्याङमा बोलको गीतको लय जुधेको आरोप लागेको हो। ऐसेलु झ्याङमा बोलको गीतको ट्रयाक अलिकति फास्ट छ भने पानपाते ठूली गीतको ट्रयाक अलिकलि स्लो सुनिन्छ । तर यी दुवै गीतको लय सुन्दा भने ठ्याक्क उस्तै सुनिन्छ । उक्त गीतको म्युजिक भिडियो हेर्ने दर्शकले ऐसेलु झ्याङमा गीतको हुबहु भएको भन्दै कमेन्ट गरेका छन् । यद्यपी अहिलेसम्म दुबै गीतका सर्जक तथा कलाकारले औपचारीक रुपमा कुनै प्रतिक्रिया दिएका छन्।
पानपाते ठूली तीज गीत यतिबेलाको निकै चर्चित गीत हो। नवराज पन्तको शब्द तथा खेम पुनको संगीत भनेर नाम दिईएको गीत आशिष अविरलले एरेन्ज गरेका हुन्। गीतको म्युजिक भिडियोमा प्रकाश सपुत, जुना सुन्दास, निक्स शर्मा र जुना गुरुङलगायतका कलाकारले अभिनय गरेका छन्। गीतको भिडियो देवेन्द्र बब्लुले निर्देशन गरेका हुन्।
तर २०७४ सालमा म्यजिक नेपालबाट सार्वजनिक भएको ऐसेलु झ्याङमा बोलको गीत गायिका मिना अधिकारी र डम्बर देव ओझाले गाएका थिए । राजेन्द्र सुवेदीको शब्द तथा संगीत रहेको यस गीतको म्युजिक भिडियोमा राजन आले र चन्दा दाहालले अभिनय गरेका छन्। गीतको म्युजिक भिडियोलाई उमेस गुरुङले निर्देशन गरेका छन्। जुन गीत अहिले पनि उत्तिकै लोकप्रिय छ ।
२ वर्ष अगाडि बजारमा आएको ‘ऐसेलु झ्याङ’ मा बोलको गीत :
जुधेको आरोप लागेको नयाँ गीत :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
