काठमाडौँ । ‘कार्टुन्ज क्रु’ नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। स्मीता दाहालको नयाँ गीतमा ‘कार्टुन्ज क्रु’का सरोज र आश्माले रोमान्स गरेका छन्।
‘मायालु तिमी कता छौ’ बोलको गीतमा स्मीतासँगै राजनराज शिवाकोटीको स्वर छ। दिनेश थपलियाको शब्द रहेको गीतमा राजनराजकै संगीत छ भने उदयराज पौडेलको संगीत संयोजन र श्याम सोहित रसाईलीले गीत मिक्सींग गरेका हुन् । सार्वजनिक भिडियो सेट लगाएर खिचिएको हो । जहाँ वर्षाका कारण कोठा नै डुबानमा परेपछि मायालुको खोजी गर्दै गरेको दृश्य देखाईएको छ ।
भिडियो छायाँकनका क्रममा ‘कार्टुन्ज क्रु’ की आश्मा विश्वकर्मा बेहोस् हुँदा करिब ५ घण्टा अस्पतालमा राख्नु परेको निर्देशक सरोज ओलीले जानकारी दिए। म्युजिक भिडियोमा गायिका स्मीता दाहालले पनि पानीमा रुज्दै नृत्य गरेकी छिन् । राजु पेन्टरद्धारा निर्मित सेटमा छायाँकन गरिएको भिडियो संजय लामाले खिचेका हुन्। विक्रम स्वारको कोरियोग्राफी, राज कुमार उप्रतिको स्टन्ट, सन्देश शाहको सम्पादन रहेको भिडियोको कलर संयोजन रेनीश फागोले गरेका हुन् ।
हेर्नुहोस् भिडियो
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
