प्रधानमन्त्री ओली उपचारका लागि आज सिंगापुर जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सिंगापुर जाँदै छन्। सिंगापुरको ‘नेसनल युनिभर्सिटी हस्पिटल’ मा स्वास्थ्य परीक्षण गर्न प्रधानमन्त्री ओली आज सिंगापुर जान लागेका हुन्।

उनी बेलुका ९ः४५ बजे सिल्क एयरबाट जाने कार्यक्रम छ। स्वास्थ्य परीक्षण आरामसँगै आरम गर्ने उद्देश्य पनि रहेको छ। प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणबारे मन्त्रिपरिषद् बैठकले औपचारिक निर्णयसमेत गरेको छ।

Advertisement

स्वास्थ्यमा समस्या थपिएपछि परीक्षणका लागि निजी चिकित्सक डा दिव्यासिंह शाहसहित सिंगापुर जान लागेका उनी करिब एक साता बस्नेछन्। गत शुक्रबार सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गरेपछि चिकित्सकको सुझावअनुसार उनी थप फलोअपका लागि जान लागेका हुन्। प्रधानमन्त्रीको रगतमा क्रिएटिनिनको मात्रा बढेको छ।

More News last news
Loading...