कक्षा १२ को परीक्षाफल प्रकाशित {रिजल्ट हेर्ने विधि सहित}

काठमाडौ । गत वैशाखमा सञ्‍चालन भएको कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ।

गत वैशाखमा भएको परीक्षामा नियमिततर्फका २ लाख ९२ हजार १ सय ५३, ग्रेडवृद्धितर्फ ७८ हजार ७ सय ४४ र आंशिकतर्फ ५७ हजार १ सय ७० जनाले परीक्षा दिएका थिए । नतिजाअनुसार नियमिततर्फ ३.६१ देखि ४.०० जीपीएसम्म ल्याउनेको संख्या ३ हजार ६७ जना रहेका छन् । त्यस्तै ३.२१ देखि ३.६० सम्म जीपीए ल्याउनेको संख्या १६ हजार २ सय ४ रहेको छ।

Advertisement

२.४१ देखि २.८० सम्म ल्याउनेको संख्या ५६ हजार ५ सय ३, २.०१ देखि २.४० जीपीए ल्याउनेको संख्या सबैभन्दा धेरै ८६ हजार २ सय २७ र १.६१ देखि २.०० जीपीएसम्म ल्याउनेको संख्या ६२ हजार ६ सय १९ रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

बोर्डले २०७५ सालदेखि ग्रेडिङ पद्धतिमा नतिजा दिन थालेको हो । १.२१ देखि १.६० ग्रेड ल्याउनेको संख्या १९ हजार, ०. ८१ देखि १.२० ल्याउनेको संख्या ३ हजार ५ सय २४ र ०.०० देखि ०.८० ग्रेड ल्याउनेको संख्या १३ हजार ३ सय ६२ रहेको छ । बोर्डले नतिजा विभिन्न ९ वटा ग्रेडअनुसार सार्वजनिक गरेको छ। आंशिक परीक्षार्थीमध्ये ४१.८३ प्रतिशत अर्थात २३ हजार ९ सय १५ जना उतीर्ण भएको बोर्डले जनाएको छ।

यसरी हेर्न सकिन्छ नतिजा

कक्षा १२ को नतिजा वेबसाइट, एसएमएस र आईभीआर सेवाबाट थाहा पाउन सकिन्छ। शिक्षा मन्त्रालयको www.moe.gov.np, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र नेपाल टेलिकमको www.neb.ntc.net.np वेबसाइटमा गएर नतिजा हेर्न सकिने छ ।

यसैगरी नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

More News last news
Loading...