काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चारदिने नेपाल भ्रमणमा आउने निश्चित भएको छ। उनी आगामी भदौ अन्तिमसाता नेपाल आउने निश्चित भएपछि भारतीय सुरक्षाकर्मी र बिदेश मन्त्रालयका कर्मचारी दुई महिनाअगावै त्यसको तयारीमा जुटेका छन्।
उच्च सुरक्षा स्रोतका अनुसार उनी भदौ ३१ देखि असोज ३ गते (सेप्टेम्बर १७ देखि २० तारिख) सम्म नेपाल भ्रमणमा आउने बताइएको छ। मोदीको भ्रमणको तयारीका लागि साउनको पहिलो सातासम्म भारतीय सुरक्षाकर्मीको एक टोली दुईपटक काठमाडौं आएर दिल्ली फर्किसकेको छ।
भारतीय सेनाका कर्णेलतहका अधिकारी र भारतीय कमाण्डो टोली नेपाल आएर फर्किएको उच्च स्रोतलाई उदृत गर्दै नेपाल समाचार पत्रले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
