काठमाडौँ। सरकारले २ मन्त्रालयका २ जना सचिवको सरुवा गरेको छ। गत साउन ६ गते बसेको मन्त्रिपरिषद बैठकले २ जना सचिवको सरुवा गरेको हो।
बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले दुई सचिवको सरुवा भएको जानकारी दिएका हुन्।
उनका अनुसार सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहलाई जल तथा उर्जा आयोग र जल तथा उर्जा आयोगको सचिवालयका सचिव मधुसुदन अधिकारीलाई सहरी विकास मन्त्रालयको सचिवमा सरुवा गरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
