नेकपाका नेता माइला लामा नख्खु जेल चलान

काठमाडौं । नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई नख्खु कारागार चलान गरिएको छ। मंगलबार जिल्ला अदालत ललितपुरमा भएको थुनछेक बहसपछि लामालाई पुर्पक्षका लागि नख्खु कारागार चलान गरिएको हो।

शनिबार मध्यराति गिरफ्तार गरिएका नेता लामालाई सरकारले राजद्रोह तथा संगठित अपराधको मुद्दा दायर गरेको छ। लामाको पक्षबाट वरिष्ठ अधिवक्ताहरु एकराज भण्डारी र सुरेन्द्र भण्डारीले वहस गरेका थिए।

Advertisement

लामालाई एनसेल वम विष्फोटको आरोपमा संगठित अपराध तथा संविधान विपरित गतिविधि गरेको भन्दै राजद्रोहको मुद्धा चलाएको छ। सोही मुद्दामा नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पनि नख्खु कारागारमै बन्दी बनाइएका छन्।

यता मंगलबार नै नेकपाका महासचिव विप्लवले लोकप्रिय जनकलाकार लामा र जेलमा रहेका स्थायी समिति सदस्य सुदर्शन लगायत सबै राजबन्दीहरुलाई बिना सर्त ससम्मान रिहा नगरे योजनाबद्ध प्रतिरोध गर्ने चेतावनी सहितको विज्ञप्ति जारी गरेका छन्।

More News last news
Loading...